चाडपर्वहरूले विभिन्न धर्म, संस्कृति र सम्प्रदायबीच आपसी सद्भावलाई मजबुत बनाउँछ : कांग्रेस नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अज्हा (बकर ईद)को अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार नेता गुरुङले सामाजिक सञ्जालमार्फत सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।
नेपाल तरुण दलका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङले भने, ‘हाम्रो देश नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषताले भरिएको एक सुन्दर राष्ट्र हो । नेपालमा मनाइने यस्ता चाडपर्वहरूले विभिन्न धर्म, संस्कृति र सम्प्रदायबीच आपसी सद्भाव, संहिष्णुता, भ्रातृत्व र एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’
इद–उल–अज्हाले सबैमा त्याग, समर्पण, र परोपकारको भावना जागृत गराउन सकोस् भन्दै नेता गुरुङले आपसी सद्भाव बढाउँदै देशको समृद्धि र विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया