बागमती प्रदेशका खेलाडीहरूलाई नयाँ बजेटमा समेटेर सहुलियत दिन्छौं : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारी कर्मचारी पेन्सन पाए जस्तै बागमती प्रदेशका खेलाडीहरूलाई पनि आगामी वर्षको बजेटमार्फत केही सहुलियत दिन चाहेको बताएका छन् ।
बुधबार काठमाडौंमा १६औँ राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश प्रतियोगिता २०८३ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बामगती प्रदेशका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आगामी वर्षको बजेटमा समेट्ने गरेर कार्यक्रम आउन लागेको बताए । बानियाँले पूर्व खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीहरूका लागि विशेष योगदान दिएको भनेर प्रशंसा समेत गरेका छन् ।
मुख्यमन्त्री बानियाँले भने, ‘बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आइसकेको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रमले खेलकुदको क्षेत्रलाई महत्व दिएको छ ।’
‘बागमतीको शान, खेलाडीको सम्मान भन्ने नारासहित हामीले आउँदो वर्षको लागि खेलाडीलाई विशेष बागमती प्रदेशबाट राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदेशस्तरको खेलाडीले आफ्नो बिधामा प्रथम भएर गौरव राख्ने खेलाडीहरूलाई बागमती प्रदेशको शान प्रदेशको गौरव खेलाडीको सम्मान भन्ने नारासहित केही त्यस्ता खेलाडी र पूर्व खेलाडीहरू जसले जीवन्त खेलखेल्दै अनुशासन, मर्यादा र निरन्तर खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई पनि सेवा निवृत्त जसरी कर्मचारीले पेन्सन पाउँछन् त्यसैगरी बागमती प्रदेशका राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीलाई पनि हामीले केही विशेष सम्मान गर्ने वर्षको नीति, कार्यक्रम र बजेटमा व्यवस्था गरेर जाने लक्ष्य रहेको छ,’ बानियाँले भने ।
‘बागमती प्रदेशको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी सम्पूर्ण टिम अर्थात् ६ वटा विधाका खेलाडीहरू र त्यसका प्रशिक्षकहरू सबैल खेललाई उत्वसको रुपमा मनाउनु हुनेछ,’ उनले भने ।
‘पूर्वमन्त्री मीनकृष्ण महर्जनजीले यो प्रतियोगितालाई परिकल्पना गर्दै बागमती प्रदेशलाई खेलको महोत्वस, पर्यटक ल्याउन प्रयास गर्नुभएको छ । मीनकृष्णजीको प्रयासको उच्च सम्मान गर्न चाहन्छु,’ मुख्यमन्त्री बानियाँले भनेका छन् ।
वैशाख १३ गतेदेखि शुरु भएको प्रतियोगिता १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रममा पूर्वमन्त्री मीनकृष्ण महर्जनसहितका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया