नवीन खड्का २९ हजार थान भेपसहित
काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवीनले काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा स्माइल योर च्वाईस र भेपमाण्डु ट्रेडर्स प्रा.लि. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
Published : Wednesday, 2026 May 27, 12:14 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया