श्रीमतीको हत्या अभियोगमा रामलाल पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले श्रीमती हत्याको अभियोगमा ४५ वर्षीय रामलाल ब्लोनलाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका–३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रामलाले कुटपिट गर्दा ओमकुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओमकुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Published : Tuesday, 2026 May 26, 10:31 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया