रास्वपा सभापति लामिछाने पत्नी, स्वकीय सचिव र दुई सांसदसहित भारत भ्रमणमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय निकट उच्च स्रोतका अनुसार आगामी जुन २ मा लामिछाने काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन् । लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिवसहित दुई सांसद पनि भ्रमणमा सहभागी हुनेछन् । सांसदद्वय विपिनकुमार आचार्य र दीपक बोहरा भ्रमण टोलीका सदस्य छन् ।
लामिछानेले दिल्लीमा दुई दिन राजनीतिक भेटघाट गर्ने तालिका तय गरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम पक्का गरिएको छ । यसबारे भाजपाले नै औपचारिक सूचना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । लामिछानेको अयोध्या भ्रमणको कार्यक्रम पनि तय गरिएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया