जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्रहरी प्रधान कार्यालयको अवलोकन
काठमाडौं । जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन् ।
सोमबार जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्लाई प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितका अधिकृतहरूले स्वागत गरेका छन् । उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गरेका छन् ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले प्रहरी महानिरीक्षक कार्कीको शब्द रचनामा निर्मित “शिव शम्भू” (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरेका छन् ।
जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिएका छन् । उनले सत्य, सेवा, सुरक्षणम्को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउधनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दीव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताए । दीव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको कार्कीले बताए ।
कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहि मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास कार्कीले व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानूनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दीव्य ऊर्जा प्राप्त हुने बताए । नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा, सुरक्षणम्को दिव्य एवम् मूल मार्गलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट विमोचित भजनले उनको आशीर्वादसँगै अझ दीव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवम् भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया