चीनतर्फ तस्करी गर्न लागेको ठूलो परिमाणको डलरसहित गुरुङ पक्राउ
धुन्चे । जिल्ला प्रहरी कार्यालय, रसुवाले ४३ हजार अमेरिकी डलरसहित ३७ वर्षीय सुशील गुरुङलाई नियन्त्रणमा लिएको छ ।
आइतबार प्रहरीले गुरुङलाई ४३ हजार डलरसहित रसुवाको बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा बा.प्र.०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसबाट नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गुरुङले सो डलर चीनतर्फ तस्करी गर्न लागेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । बरामद भएको ४३ हजार डलरको नेपाली रुपियाँ करीव ६५ लाख हुन आउँछ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ घर भएका गुरुङको साथबाट ठूलो परिमाणमा डलर बरामद भएपछि गुरुङ र डलरलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ ।
Published : Monday, 2026 May 25, 12:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया