सरकारविरुद्ध सशक्त ढंगले कांग्रेस, एमाले, नेकपा र राप्रपा अगाडि बढ्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेस, एमालेसहितका विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् ।
आइतबार सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूको संयुक्त बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्वु ओलीले सरकारले संसदीय मूल्य मान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस गरिरहेको बताइन् । उनले सरकारको गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाबारे घनिभूत र गम्भीर छलफल भएको बताएकी छिन् ।
संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको ओलीले बताएकी छिन् ।
बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुस्वु ओलीको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया