योगलाई जीवनशैलीसँग जोडेर अगाडि बढाउन आवश्यक छ : मुख्यमन्त्री बानियाँ
चाँगुनारायण । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधार भएको बताएका छन् ।
आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई योग नगर घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले योगलाई जीवनशैलीसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको बताए । उनले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका साथै सामाजिक सद्भाव र सकारात्मक सोंच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मुख्यमन्त्री बानियाँले चाँगुनारायण नगरपालिकाले योग तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा थालेको अभियान प्रशंसनीय रहेको बताएका छन् ।
मुख्यमन्त्री बानियाँले ‘चाँगु यं’ ज्योति सन्देश स्मारिकाको विमोचन समेत गरिएका छन् । योग विज्ञान शिविरमा सहभागीहरूले योग अभ्यास र स्वास्थ्यसम्बन्धी जानकारी लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया