सशस्त्र प्रहरीद्वारा बाँकेमा अफिम र चरेशसहित रणबहादुरलाई पक्राउ
नेपालगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध चरेस र अफिमसहित एकजनालाई बाँकेबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले कालो रङ्गको लागुऔषध पाँच किलो पाँच सय ग्राम किलोग्राम र चरेश जस्तो देखिने कालो रङ्गको लागुऔषध अफिम पाँच ग्राम र एउटा मोबाईल बरामद गरी आवश्यक प्रक्रियामा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवास्थित सीमा ईलाकामा नेपालबाट अवैध रुपमा भारततर्फ जुम्लाको तिला गाउँपालिका वडा नं. ७ घर भई हाल कोहलपुर नगरपालिका वडा नं. १० बस्ने बर्ष ६२ का रणबहादुर रोकायालाई चरेस र अफिमसहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार दिउँसो २ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले लागुऔषध र मानिसलाई नियन्त्रणमा लिएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया