कालीगण्डकीमा अबैध उत्खनन् गर्ने जेसीबी र टिप्परलाई नियन्त्रण
कुश्मा । जिल्ला प्रहरी कार्यालय, पर्वतले नदीजन्य पदार्थ उत्खना तथा ओसार पसारमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार प्रहरीले फलेवास नगरपालिका वडा नं. ११ श्रीकाङस्थित कालीगण्डकी नदीमा अवैध रुपमा उत्खनन् गर्ने जेसीबी र टिप्परलाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले ग १ क ४७३५ नम्बरको जेसीबी र ग १ क ४६७५ नम्बरको टिप्परलाई निन्त्रणमा लिएको जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन् तथा असोर पसारमा संलग्न रहेको अभियोगमा कारबाहीका लागि उनीहरूलाई फलेवास नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
Published : Saturday, 2026 May 23, 3:12 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया