भदौ २४ को जेनजी आन्दोलनमा फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दीपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीले भुजेललाई पक्राउ गरेको जनाएको छ । ०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काभ्रे मन्डनदेउपुर नगरपालिका–४ छेडाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया