मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई भैरहवामा ट्राफिक प्रहरीद्वारा कारबाही
भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ ।
भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिएका थिए । त्यसपछि मन्त्री पाण्डेको झण्डावाला गाडीका चालकलाई ट्राफिक प्रहरीले पुर्जी थमाएको थियो ।
मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई कारबाही गरिएको प्रमाण ट्राफिक प्रहरीले सार्वजनिक समेत गरेको छ । मन्त्रीको गाडीलाई सडकमा जथाभावी पार्किङ गरिएको फेला पारेपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सामाजिक सञ्जालमार्फत भैरहवाको बर्मेली टोल क्षेत्रमा फुटपाथमा सरकारी सवारी साधन पार्किङ गरिएको सम्बन्धमा प्राप्त गुनासोका आधारमा उक्त सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीद्वारा आवश्यक कारवाही भइसकेको प्रहरीले जनाएको छ ।
मन्त्री पाण्डेयले बेलाबेला प्रहरीका सिपाही, हवल्दारहरुलाई बीच सडकमा अपमान समेत गर्दै आएका थिए । स्टन्ट गर्दै आएका मन्त्री पाण्डेयको झण्डावाला गाडीले ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया