सबैभन्दा सुरक्षित र भरपर्दो कारागारबाट सपना फरार
काठमाडौं । केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारामा जन्मकैदको सजायमा रहेकी महिला फरार भएकी छिन् ।
शनिबार बिहान १ बजेतिर फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेकी छिन् । सपना कारागारबाट फरार भएको कारागारका प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।
सपनाले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको चापागाईंले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसूरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । सुरक्षाका दृष्टीकोणबाट केन्द्रीय कारागार सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ ।
यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी सपना २ महिनापछि पक्राउ परेकी थिइन् । घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत हुने गर्छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया