४६ एसपीहरुको काज र सरुवा, काभ्रेबाट शाह हटाइए
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज र सरुवा भएको छ ।
शुक्रबार आईजीपी दानबहादुर कार्कीले एसपीहरूको सरुवा तथा काज गरेका हुन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ ।
फणिन्द्र प्रसाईंलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ । काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ ।
पश्चिम नवलपरासीमा रामबहादुर केसीलाई सरुवा गरिएको छ । महोत्तरीको प्रमुखमा श्यामकुमार सारुमगर र डोटीमा सागर बोहरालाई पठाइएको छ । चितवनमा रामेश्वर पौडेललाई पठाइएको छ । काभ्रेका एसपी कोमल शाहलाई पनि हटाइएको छ । उनको स्थानमा रबिन कार्कीलाई पठाइएको छ ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया