शैक्षिक परामर्श केन्द्रका नाममा ठगी गर्ने ६९ जना सञ्चालक पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।
शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा छापा हानेर ६९ जना सञ्चालन नियन्त्रणमा लिएको जनाएको छ ।
मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैशिक्षक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गरिरहेका ती सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।
त्यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेकाहरूलाई यथाशीघ्र सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ । काठमाडौंसहित देशका विभिन्न शहरहरुमा शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा सञ्चालन हुँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया