कञ्चनपुर वितरण केन्द्रका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले केन्द्रका वितरण प्रमुख दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले १ लाख ४० हजार रुपियाँ घुस लिएको अख्तियारको दाबी छ ।
`चार्जिङ स्टेशनका सञ्चालनका लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिई १ लाख ४० हजार लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया