नेकपाका सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी जारी, त्यसपछि फरार
काठमाडौं । बैंकिङ कसूरमा पक्राउ पुर्जी जारी भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य (सांसद) जगतबहादुर पार्की चार महिनादेखि फरार रहेको खुलेको छ ।
सांसद पार्टीलाई कैलाली जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको छ । तर, सांसद पार्की पक्राउ परेका छैनन् ।
डडेल्धुराको आलिताल गाउँपालिकाका पार्की नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रियसभा सदस्य छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्व बैंकिङ कसूरमा चार महिनाअघि पक्राउ पुर्जी जारी भएको बताएका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सांसद पार्टीलाई खोजिरहेको जनाएको छ । सांसद पार्टी सम्पर्कमा आएका छैनन् ।
सांसद पार्कीविरुद्ध कैलालीको धनगढीका नरेशबहादुर थापाले मुद्दा दायर गरेका थिए । पार्टीले पीडितको रकम फिर्ता गरेमा मुद्दा मिल्न सक्ने प्रहरीको भनाइ छ ।
नेकपाका सांसद पार्कीविरुद्ध वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोप पनि छ । ठगीबारे प्रहरी वृत्त, बानेश्वरको टोलीले अनुसन्धान अगाडि बढाएको बुझिएको छ ।
सांसद पार्की उपचारका लागि भन्दै भारतमा छन् । उनले साथीको जमानी बस्दा आफू फसेको भन्दै नेपाल फर्किने बित्तिकै मिलापत्र हुने बताउने गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया