घुससहित पक्राउ परेका प्रहरी नायव निरीक्षक राउतविरुद्ध अख्तियारद्वारा अभियोगपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्र मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
शुक्रबार अख्तियारले विशेष अदालत, काठमाडौंमा सई राउतविरुद्ध २० हजार बिगो र जरिवाना सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले बताए । सई राउतलाई अख्तियारको टोलीले सेवाग्राहीसँग २० हजार घुस, रिसवत लिएका बेला रंगेहात नियन्त्रणमा लिएको थियो ।
सई राउतले बैंकिङ कसूरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए वापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस, रिसवत माग गरेको अभियोग छ । सोही क्रममा सेवाग्राहीसँग २० हजार घुस, रिसवतको रकम लिइसकेको अवस्थामा अख्तियारले सई राउतलाई नियन्त्रणमा लिएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया