प्रधानन्यायाधीश सिफारिस महत्वपूर्ण कोशेढुङा साबित हुनेछ : पूर्वमन्त्री यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश सिफारिस भएको विषयलाई कोशेढुङ्गा भनेर टिप्पणी गरेका छन् ।

शुक्रबार पूर्वमन्त्री यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा स्वतन्त्र र पारदर्शी न्यायालय नै लोकतन्त्रको वास्तविक आधारस्तम्भ हो । डा.मनोजकुमार शर्मा ज्यूलाई संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशको पदमा सिफारिस गरिनु यसै दिशामा एउटा महत्वपूर्ण कोशेढुङा साबित हुनेछ ।’

‘हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना डा. मनोज शर्मालाई,’ पूर्वमन्त्री यादवले भने, ‘अब पूर्ण विश्वास छ कि न्यायालयले सबै प्रकारका बाह्य हस्तक्षेपका बादलहरूलाई चिर्दै न्यायको ज्योति हरेक नागरिकसम्म पुग्नेछ । तपाईंले न्यायापालिका लाई एउटा स्वतन्त्र, स्वच्छ र उत्तरदायी संस्थाको रूपमा स्थापित गर्नु हुनेछ ।’

संवैधानिक परिषद्ले डा.शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि पक्ष र विपक्षीमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला पूर्वमन्त्री यादवले डा.शर्माको सिफारिसलाई कोशेढुङ्गाको रुपमा लिएको जनाएका छन् ।

Published : Friday, 2026 May 8, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया