डोल्पामा जीप दुर्घटना, १२ जना यात्रु घाइते
डोल्पा । डोल्पाको मुड्केचुलामा जीप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जीप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर जीप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ ।
अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटनास्थलमा प्रहरी गइरहेको र घटनाको विषयमा विस्तृत विवरण संकलन बाँकी रहेको बताएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया