राष्ट्रपतिले फिर्ता गरिदिएको अध्यादेश फेरि शीतलनिवास पठाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यसअघि पनि संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्ध अध्यादेश फिर्ता गरेर सरकारसँग टसल लिएका छन् । अध्यादेश जारी गर्नै पर्ने राष्ट्रपति पौडेललाई संवैधानिक बाध्यता छ । सरकारले सिफारिस गरेका अध्यादेश राष्ट्रपतिलाई फिर्ता गर्ने अधिकार रहँदैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया