रोल्पा जीप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, दाङ, रुकुमपूर्व र लम्जुङका यात्रु
मसुरिया । रोल्पा जिल्लामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको सनाखत भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारी अनुसार मृतकका आफन्तहरूबाट सबैको सनाखत भएको छ । मृत्यु हुनेमा दाङ, रुकुम पूर्व र लम्जुङ जिल्ला निवासीहरू रहेका छन् । बिहीबार रुकुमपूर्वबाट रोल्पातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप रोल्पाको थबाङ गाउँपालिका वडा नं. १ जलजलामा दुर्घटना हुँदा २० यात्रुको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ टाकुरा बस्ने बर्ष २८ का गोर्खबहादुर बि.सी., सोही ठाउँ बस्ने बर्ष ५३ (अन्दाजी)की तिलकुमारी बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष २८ (अन्दाजी)का युवा बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष १० (अन्दाजी)का दीब्यान बुढाथोकी, रुकुमपूर्व धाउन्ने अन्टी बस्ने बर्ष २४ की सृजना बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष १३ का सुदीप बुढाथोकी, सोही ठाउँ बस्ने बर्ष ४० की ओमकुमारी बुढाथोकीको सनाखत भएको रोल्पा प्रहरीको सूचनामा उल्लेख छ ।
दाङको घोराही उपमहानगरपालिका वड नं. १६ बुद्दचोक बस्ने बर्ष ५० की द्रोपती जि.सी, सोही ठाउँ बस्ने बर्ष ३२ की तिला जि.सी., सोही ठाउँ बस्ने बर्ष ७ का जेनिस घर्ती, सोही ठाउँ बस्ने बर्ष १२ की जेनिसा जि.सी., सोही ठाउँ बस्ने बर्ष २५ की एलिसा घर्तीको सनाखत भएको रोल्पा प्रहरीको सूचनामा उल्लेख छ ।
लम्जुङ जिल्ला बस्ने बर्ष ७ को संयोग थापा, सोही ठाउँ बस्ने यमबहादुर जि.सी., दाङको शान्तिनगर गाउँपालिका घर भइ हाल रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ टाकुरा बस्ने बर्ष ४२ का बेदुराम बि.क.(चालक), सोही ठाउँ बस्ने बर्ष ६० की मीना बि.क., सोही ठाउँ बस्ने बर्ष ६० की लाटी भन्ने लक्ष्मी शाह, रुकुमपूर्वको भूमे गाउँपालिका वडा नं. ५ बस्ने टेकप्रसाद बुढा, सोही ठाउँ बस्ने बर्ष २७ की रुक्मिना थापा बस्नेत र दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ गुर्जे बस्ने भनमाया बिष्टको सनाखत भएको रोल्पा प्रहरीले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया