काठमाडौंमा हतियार र लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चार जना लागुऔषध कारोबारीहरूलाई हतियारसहित पक्राउ गरेको जनाएको छ ।
शुक्रबार ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार जनालाई हतियार र १६ हजार ७ सय ५० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ लगायत बिभिन्न स्थानबाट पक्राउ गरिएको छ । वैशाख १७ गते पक्राउ परेका उनीहरूको साथबाट पेस्तोल एक थान, म्याग्जिन थान ३, गोली राउण्ड ४ र एसएलआरको गोली राउण्ड २ पनि बरामद भएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ ठेगाना भएका २३ वर्षीय कवीर देउवा, बुढानिलकण्ठ ५ कै ४२ वर्षीय सविन पोडे, बुढानिलकण्ठ ५ कै २६ वर्षीय सन्सार सिटौला र ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ ठेगाना भएका वर्ष २६ का सुवास शाही रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया