कांग्रेसमा अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजी र पूर्वाग्रह राखेर अनुशासनको कारबाही नगर्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेज गर्ने गलत र बद्नीयतपूर्ण रहेको जनाएको छ ।

काठमाडौंमा वैशाख १५ र १६ गते बसेको बैठकपछि नेता खड्काद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा पार्टीका निणय अनुसार १५औँ महाधिवेशनको कार्यतालिका वमोजिम कियाशील सदस्यता नवीकरण तथा वितरण कार्य लगभग सम्पन्न भइसकेको जनाइएको छ ।

१५औँ महाधिवेशन नै नभई फेरि क्रियाशील सदस्यता अध्यावधिको नाममा कार्यकर्ताहरूलाई दुःख दिने कार्यको देउवा समूहले विरोध गरेको छ ।

‘पूर्वाग्रही ढंगले नेपाली कांग्रेसको स्थापनाकालको ईतिहास र लोकतन्त्रको क्रान्ति, सघष र आन्दोलनका योद्धाहरूको जीवनसँग जोडिएको क्रियाशील सदस्यता खारेज गदै अन्य कनै नाममा नवीकरण गर्ने भन्ने कुरा सरासर गलत र वद्नीयतपूर्ण भगकोले त्यस्तो कार्य नर्गन, नगराउन पार्टीका सबै तहका जिम्मेवार साथीहरूमा अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेसको विधानको व्यवस्था अनुसार पार्टी छोडेका, अनुशासनको कार्वाहीमा परेका, मृत्यु भएका वा आफ्नै स्वच्छाले सदस्यता त्याग गर्न चाहेका व्यक्तिहरूको सदस्यता सूची अध्यावधि गर्न र कनै विशेष कारणले नवीकरण गर्न छुटेका वा निर्वाचनपछि पनि पार्टीमा आउन चाहने व्यक्तिहरूलाई क्रियाशील सदस्य प्रदान गर्नै पर्ने कारणले नवीकरण वा वितरण गर्नु स्वभाविक नै हो,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नैसर्गिक व्यैक्तिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासहितको वाक स्वतन्त्रताका लागि सदा संघर्ष गरिरहेको नपाली कांग्रेसको वर्तनमान नेतृत्वले अहिले पार्टीकै विभिन्न नेताहरू उपर अभिव्यक्ति दिएकै आधारमा आग्रह र पूर्वाग्रह साँधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्ने र उनीहरूमाथी कार्बाहीको डण्डा बजाने कार्य तिव्रता बढेको घटनाक्रमप्रति हामी गम्भिर आपत्ति प्रकट गर्दै त्यस्तो निरंकुस प्रवृत्ति तत्काल रोक्न र आगामी दिनमा नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2026 April 30, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया