राम्रो काम गरेर दुई वर्षभित्र धानखोला–लमही सडकखण्ड हस्तान्तरण गर्न आतुर छौँ : सौरभ शर्मा
मसुरिया । शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले दुई वर्षभित्र मापदण्डअनुसारको सडक निर्माण गरेर हस्तान्तरण गरिने बताएका छन् ।
बुधबार एमसीए–नेपालले पूर्व–पश्चिम महेन्द्र राजमार्गको ४० किलोमिटर लामो धानखोला– लमही सडकखण्ड स्तरोन्नति कार्यको औपचारिक रूपमा शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नयाँ प्रविधिबाट काम गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘यस प्रकारको आयोजना हामीले लामो समयदेखि खोजी रहेका थियौँ । नेपालको लागि अत्यन्तै काम लाग्ने टेक्नोलोजी हो । जुन हामीले आजको दिनसम्म प्रवेश गराउन सकेका थिएनौँ । यहीँ भएको मेटेरियललाई प्रयोग गर्ने हो भने समय पनि बच्छ । पैसा बच्छ ।’
‘नयाँ टेक्नोलोजी हामीले नेपालमा चलाउन साह्रै जरुरी छ । यो नयाँ टेक्नोलोजी आएर हामीले काम गर्न पाउनुमा साह्रै गर्व लागेको छ,’ उनले भने ।
‘हाम्रो काम कस्तो हुन्छ ? भनेर हेर्नको लागि धेरै टाढा जानु पर्दैन । ६/७ किलो मिटर पर गयौं भने प्रदेश राजधानीमा २÷३ वर्ष राम्रोसँग माया गरेर राखिदिनुभयो । यस पटक पनि काम गर्ने मौका दिनु हुनेछ । समयमा यो काम सक्ने प्रतिबद्धता जनाउँछौँ,’ डाइरेक्टर शर्माले भने ।

शर्माले भने, ‘क्वालिटीमा हामी काम गर्छौं । हामीलाई साथ र सहयोग चाहिन्छ । एमसीए नेपालबाट पाउनुपर्ने साथ र सहयोग पाइसकेका छौं । हामीले सम्झौतामा हस्ताक्षर गरेको करीव दुई महिना कटिसकेको छ । पूर्वतयारी अनुसारको काम गरिरहेका छौँ । देख्न सक्नु हुन्छ ।’
‘४० किलोमिटरको परिधिमा हाम्रो अफिसको संरचना बनाइसकेका छौँ । काम गर्दा हामीलाई आवश्यक पर्ने प्लान्टहरू राखिसकेका छौँ,’ उनले भने ।
‘नयाँ मेसिनहरू बाहिरबाट ल्याउने क्रममा छौँ । राम्रो काम गरेर दुई वर्षभित्र यो सडक हामीले हस्तान्तरण गर्न आतुर छौँ,’ डाइरेक्टर शर्माले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया