दमकको हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार विशेष अदालत, काठमाडौंमा अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानाध्यापक र लेखापालले आर्थिक वर्ष २०७७÷७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा नमूना विद्यालय भवन निर्माण गर्दा विभिन्न शीर्षकको रकम अनियमितता गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले उनीहरूविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपियाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया