सरकारद्वारा पौडेललाई सशस्त्र प्रहरीको आईजीपीमा बढुवा
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
हालका आईजीपी राजु अर्याल वैशाख १८ देखि आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका थिए ।
२०५४ चैत १८ मा ईन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका पौडेल सशस्त्र प्रहरी बलको गठन भएपछि २०५८ वैशाख ४ गते स्थानान्तरण भएका थिए ।
नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका पौडेल चार वर्षपछि नै २०५८ वैशाख १८ मा सशस्त्र प्रहरी बलको डीएसपी भएका थिए । २०६३ वैशाख २९ मा उनी डीएसपी पदबाट सशस्त्र प्रहरी बलको एसपी बने ।
एसपी पदमा करिब ७ वर्ष कमान्ड सम्हालेपछि उनी २०७० जेठ २ मा एसएसपीमा बढुवा भएका थिए । पौडेल २०७५ कार्तिकमा डीआईजी र २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका हुन् । एआईजी भएको चार वर्षपछि उनी सशस्त्र प्रहरी बलको आईजीपी बनेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया