बागमती प्रदेश सरकारद्वारा सबै कर्मचारीहरूलाई बिद्युतीय हाजिरी गर्न निर्देशन, विवरण पठाउनुपर्ने
हेटौँडा । बागमती प्रदेश सरकारले कर्मचारीहरूको विद्युतीय हाजिरीको व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको छ ।
शुक्रबार मुख्यमन्त्री तथामपन्त्रिपरिषद्को कार्यालय, हेटौँडाले बागमती प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयहरूलाई हाजिरी अध्यावधी गर्न भनेको हो ।
‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको हाजिरी उपस्थितिको लागि विद्युतीय हाजिरी प्रणालीमा आवद्ध गरी आएको, गएको, काज र बिदा लगायतका विवरणसमेत विद्युतीय प्रणालीबाटै देखिने व्यवस्था मिलाउनुहुन र प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख प्रत्येक महिना समाप्त भएको ३ कार्यदिनभित्र यस कार्यालयमा प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन निर्देशनानुसार अनुरोध छ,’ सातौं तहका अधिकृत ऋषिराम भुसालद्वारा जारी परिपत्रमा उल्लेख छ ।
कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, कार्यालय समयसम्म नबस्ने र खाजा खाने भनेर घण्टौं बाहिर बस्ने जनगुनासो धेरै आएपछि यस्तो निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया