काठमाडौं महानगरपालिकाभित्र वैशाख १५ देखि पठानपाठन शुरु गर्ने निर्णय

काठमाडौं । नयाँ शैक्षिक सत्रसँगै काठमाडौं महागरपालिकाले वैशाख १५ गतेदेखि विद्यालयहरूमा पठनपाठन शुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरको शिक्षा विभागले सूचना जारी गरेर नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि शुरु हुने गरी सञ्चालनमा ल्याउन विद्यालय र सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।

केन्द्र सरकारले वैशाख २१ गतेबाट मात्र पठनपाठन गराउने निर्णय गरेको छ । केन्द्र सरकारको निर्णयलाई काठमाडौं महानगरले अवज्ञा गरेको छ ।

सरकारको निर्देशन तथा काठमाडौं उपत्यका मेयर्सको अनुरोधलाई समेत मध्यनजर गर्दै शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिहरूको सुझावसमेतलाई आधार मानी वैशाख १५ गतेदेखि पठन पाठन गराउने निर्णय गरिएको महानगरले जनाएको छ ।

संघीय सरकारले वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने र वैशाख २१ बाट पठनपाठन शुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो ।

Published : Thursday, 2026 April 23, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया