पहलगाम आतंकवाद हमलामा ज्यान गुमाएका न्यौपानेलाई कांग्रेस नेता शाहद्वारा स्मरण, आतंकवादको अन्त्यका लागि अपील
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारतको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आतंकवादको अन्त्यका लागि विश्व समुदाय एक हुनु अपील गरेका छन् ।
आतंकवादको देश, धर्म, जाति, भाषा, संस्कृति, पहिचान केही पनि नहुने भन्दै पहलगाम घटनाको अपराधमा संलग्नहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । पहलगाम घटनामा नेपाली युवा सुदीप न्यौपानेले ज्यान गुमाएको एक वर्ष भएको छ । सुदीप न्यौपानेका साथै भारतीय नागरिकहरूले पहलगाममा आतंकवादी हमलामा ज्यान गुमाएको भन्दै सबै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जालि र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
भारतको कश्मीरस्थित पहलगाममा गत वर्ष सन् २०२५ अप्रैल २२ तारिखमा आतंकवादी हमला भएको थियो । आतंकवादी हमलामा नेपाली युवा सुदीप न्यौपानेले पनि ज्यान गुमाएका थिए ।
कांग्रेस सांसद शाहले सुदीप न्यौपानेको परिवारले न्याय पाउनुपर्ने भन्दै न्यसका लागि आतंकवादको जराबाटै अन्त्य हुनुपर्ने माग गरेका छन् । त्यसपछि मात्रै सुदीप न्यौपानेले न्याय पाउने शाहले बताए ।
कांग्रेस नेता शाहीले भने, ‘सुदीप न्यौपाने एक निर्दोष युवा थिए, जो आफ्नो परिवारसँग रमाइलो गर्न पर्यटकको रूपमा कश्मीर पुगेका थिए ।’
‘सुदीप न्यौपानेले आफू भारतीय नभई नेपाली नागरिक भएको भन्दा पनि हिन्दु हो भनी धर्म सोधेर उनको हत्या भयो । हिन्दू भएकै कारणले सुदीप न्यौपानेको हत्या गरिनु अन्त्यतै दुःखद् थियो,’ नेता शाहले भने, ‘आतंकवादको सिकार भएका सुदीप न्यौपानेका परिवारलाई उचित आर्थिक क्षतिपूर्ति, राहत र न्याय दिलाउनु सम्बन्धित निकाय र सरकारको प्राथमिक दायित्व हो ।’
कांग्रेस नेता शाहले पाकिस्तानद्वारा संरक्षित भनिएका वा अन्य कुनै पनि आतंकवादले दक्षिण एशियाको शान्ति सुरक्षामा ठूलो चुनौति दिएको बताए ।
उनले भने, ‘पाकिस्तानद्वारा संरक्षित भनिएका वा अन्य कुनै पनि स्वरूपका आतंकवादले दक्षिण एशियाको शान्ति र स्थिरतालाई खलल पु¥याइरहेको छ । यस्ता कायरतापूर्ण कार्यहरूको विश्वव्यापी रूपमा कडा भर्त्सना हुनुपर्छ ।’
आतंककारी समूहहरूले सुरक्षित आश्रय र संरक्षण पाइरहन्छन्, तबसम्म सुदीप न्यौपाने जस्ता निर्दोष युवाहरूले ज्यान गुमाइरहनुपर्ने स्थिति रहने नेता शाहले बताए ।
विश्व समुदायले आतंकवादलाई प्रश्रय दिने तत्वहरूलाई एक्ल्याउँदै यस्ता हिंसात्मक क्रियाकलापको जरैदेखि अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने माग नेता शाहको छ ।
स्व.सुदीप न्यौपानेको आत्माको चीर शान्तिको कामना र आतंकवादको विरुद्धमा काठमाडौंको शहीद गेटमा कपिलवस्तु– ३ का प्रतिनिधि सभा सदस्य शाहले स्मरण गरेका छन् ।
कांग्रेस नेता शाहका समर्थक युवाहरूले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाई जिल्लाका विभिन्नस्थानमा कार्यक्रम समेत गरेका गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया