प्रवास विभागको प्रमुखमा बोहरा नियुक्त, वैशाख १५ देखि जिल्ला अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य दीपक बोहोरा प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बोहरालाई विभागको जिम्मेवारी दिएको हो । प्रतिनिधि सभाका सांसद समेत रहेका बोहरा रास्वपाका संस्थापक र सभापति रवि लामिछानेका सबैभन्दा निकटका सहयोगी साथी हुन् । लामिछाने र बोहराबीच पत्रकारितादेखिकै घनिष्ट सम्बन्ध छ ।

यसअघि प्रवास विभागको प्रमुख उपसभापति डोलप्रसाद अर्याल रहेका थिए । अर्याल सभामुख बनेसँगै बोहोरालाई विभागको जिम्मेवारी दिइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

यसैबीच, रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरु गर्ने भएको छ । वैशाख १५ बाट जिल्ला अधिवेशन शुरु गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए ।

Published : Sunday, 2026 April 19, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया