लागुऔषध ब्यूरोद्वारा काठमाडौंमा अप्रेशन, ५ दिनमा ११ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले बिभिन्न परिकारका लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर ब्यूरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाले लागुऔषध खैरो हेरोईन, कोकिन र औषधीजन्य लागुऔषध ट्रामाडोल क्याप्सुलसहित ११ जनालाई पक्राउ गरिएको जनाएका छन् ।
ब्यूरोले सञ्चालन गरेको अपराधबिरुद्धको अप्रेशनका क्रममा काठमाडौं उपत्यकाभित्र ५ दिनमा ठूलो परिमाणमा लागुऔषध समेत बरामद गरेको छ ।
ब्यूरोका अनुसार ७९ ग्राम खैरो हेरोईनसहित इलामका २८ वर्षीय सुजन पाख्रिन, झापाका मीनकुमार चाहार र झापाकै ४० वर्षीय आशिष भन्ने भगवती राईलाई नियन्त्रणमा लिइएको छ ।
३३ ग्राम कोकिनसहित गोरखाका २७ वर्षीय सुनिल लामा, झापाका ३१ वर्षीय विवेक गौतम, भारतका २७ वर्षीय हर्षित डाँगी र भारतकै ३९ वर्षीय मानिक गुलाटी पनि पक्राउ परेका छन् ।
ट्रामाडोल १२ हजार ६ सय क्याप्सुलसहित नुवाकोटका २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोकका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटका २३ वर्षीय सरोज राई र मोरङका २६ वर्षीय सुमन गुरुङलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक निरौलाले बताएका छन् ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया