नेविसंघद्वारा देशभरि परिपत्र, वैशाख ६ गते विशेष कार्यक्रम गर्न निर्देशन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वैशाख ६ गते ५७औं स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न गर्न परिपत्र गरेको छ ।
शनिबार नेविसंघ केन्द्रीय कार्यालयले सबै जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरूलाई वैशाख ६ गते नेविसंघको ५७औं स्थापना दिवसमा रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएको हो । सो अवसरमा मानवीय सेवा, समाजसेवा तथा रचनात्मक कार्यक्रमहरू गरी मनाउन मातहतका सम्पूर्ण समितिहरूलाई परिपत्र गरिएको जनाएका छ ।
नेविसंघले विश्वविद्यालय, क्याम्पस, कलेज र विद्यालयहरू सरसफाइ कार्यक्रम गर्न भनेको छ । आधुनिक प्रविधिको विकास, जलवायू परिवर्तन, युवा उद्यमी, शिक्षा प्रणाली सुधार जस्ता विषयमा अन्तरक्रिया, विचार गोष्ठी कार्यक्रम गर्न पनि भनिएको छ ।
बाल गृह, मानवसेवा आश्रममा सहयोग कार्यक्रम (फलफूल वितरण, खाद्यान्न वितरण, खाना खुवाउने, कपडा वितरण), स्वास्थ्य शिविर, रक्तदान जनचेतना मूलक कार्यक्रम गर्न नेविसंघले परिपत्रि गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया