सभामुख अर्याल र विपक्षी दलका सांसदहरूबीच भेटवार्ता
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूबीच छलफल भएको छ ।
बिहीबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू र सभामुख अर्यालबीच छलफल भएको हो ।
सभामुख अर्यालसँगको भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी थिए ।
संसदको गतिविधि र संसदीय समितिहरूको निर्वाचन प्रक्रिया शुरु भएका बेला सभामुख अर्याल र विपक्षी दलका सांसदहरूबीच छलफल भएको छ ।
Published : Thursday, 2026 April 16, 3:40 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया