प्रहरी चौकी अर्खाबाङकी नैना बनिन् महिनाको उत्कृष्ट प्रहरी, डीआईजी खत्रीद्वारा प्रशंसापत्र प्रदान
तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङले प्रहरी जवान नैना चौधरीलाई ‘चैत्र महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख (प्रहरी नायव महानिरीक्षक) भुपेन्द्रबहादुर खत्रीले प्रहरी चौकी, अर्खाबाङ, गुल्मीमा कार्यरत प्रहरी जवान चौधरीलाई ‘चैत्र महिनाको उत्कृष्ट प्रहरी’को प्रमाणपत्र प्रदान गरेका छन् ।
‘सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ सम्पादन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत रहि हराएका मानिस खोजतलास गरि आफन्तलाई जिम्मा लगाउने, महिला बालबिालका तथा जेष्ठ नागरिकमाथि हुने घरेलु हिंसा नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा तपाईले पु¥याउनु भएको उल्लेखनीय कार्यको कदर गर्दै तपाईलाई २०८२ साल ‘चैत्र महिनाको उत्कष्ट प्रहरी’ घोषणा गरिएको छ,’ डीआईजी खत्रीको हस्ताक्षर रहेको प्रशंसापत्रमा भनिएको छ ।
प्रहरी जवान चौधरी गुल्मीको अर्खाबाङमा रहेको प्रहरी चौकीमा कार्यरत छिन् ।
चौधरीले आफ्नो जिम्मेवारीलाई इमान्दारिता र लगनशीलताका साथ सम्पन्न गरेका कारण लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लामध्येबाट चैत महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया