इरानमा पक्राउ परेका नेपाली नागरिक रिहा

काठमाडौं । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा परराष्ट्र मन्त्रालयमा प्राप्त भएको जनाएको छ ।

‘सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र अमृत झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2026 April 15, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया