विद्यालय भवनको बिल पास गर्दा १ लाख ५० हजार घुस खाने ईञ्जिनियर, भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईञ्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ ।
बुधबार अख्तियारले बर्दियाको बारबर्दिया नगरपालिकाका ईञ्जिनियर मल्लविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए । ईञ्जिनियर मल्ल सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस, रिसवत लिने क्रममा रंगेहात पक्राउ परेका थिए ।
बारबर्दिया नगरपालिका वडा नं. ७ को विद्यालयको ४ कोठाको भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत ईञ्जिनियर मल्लले १ लाख ५० हजार घुस, रिसवत माग गरेका थिए ।
अख्तियारले ईञ्जिनियर मल्ल बिगो १ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजाय हुने मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया