बालश्रम शोषणको आरोपमा पक्राउ परेकी एमाले सांसद रेखालाई थुनामुक्त गर्न आदेश
काठमाडौं । बालश्रम शोषणको आरोपमा पक्राउ परेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेशमा भनेको छ ।
आफ्नै घरमा काम गर्न राखिएकी बालिकालाई कुटपिट र यातना दिएको कसूरमा काठमाडौं महानगरपालिकाले शर्माविरुद्ध उजुरी दिएको थियो ।
काठमाडौं महानगरपालिकाको अनुगमनको क्रममा बालिकाले आफूमाथि हिंसा हुँदै आएको बताएकी थिइन् । सोही आधारमा उनको उद्धार गरी महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।
तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अहिले नयाँ सरकार बनेपछि नयाँ जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो ।
एमाले सांसद शर्मालाई गत सोमबार प्रहरीले बालुवाटारस्थित घरबाट पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया