काठमाडौं र विशेष सरकारी वकिलको कार्यालयका प्रमुखहरूको सरुवा
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्ले र विशेष सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख मोहनसागर बस्यालको सरुवा भएको छ ।
बिहीबार दुवै जनालाई महान्यायाधिवक्ता कार्यालय, रामशाहपथमा सरुवा गरिएको छ । दुवै जनाले सन्तोषजनक काम गर्न नसकेको भन्दै सरुवा गरिएको जनाइएको छ ।
काठमाडौं जिल्लाको प्रमुखमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारीको सरुवा भएको छ । भण्डारी महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए ।
महान्यायाधिवक्ता कार्यालयमा कार्यरत गंगा पौडेललाई विशेष सरकारी वकील कार्यालय, काठमाडौंमा पठाइएको छ ।
Published : Thursday, 2026 April 2, 10:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया