अख्तियारद्वारा अध्यक्षसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार दानीसमेत ५ जनाविरुद्ध विशेष अदालतल, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
उपभोक्ता समितिका अध्यक्ष दानीसहित कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री, सामुदायिक वन उपभोक्ता समूहका सदस्य हरिप्रसाद अधिकारी र दर्तावाल लेखा परीक्षक ज्ञानेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
दानी, अधिकारी र क्षेत्रीविरुद्ध १२ लाख १८ हजार ५१२ रुपियाँ बिगो दाबी गरिएको छ । अधिकारीविरुद्ध दुई लाख ८५ हजार बिगो दाबी गरिएको छ ।
आपसी मिलेमतोमा निजहरूले आर्थिक वर्ष २०७०÷०७१ देखि २०७५÷०७६ सम्मको लेखा परीक्षण प्रतिवेदन आम्दानी र खर्चको विवरणबाट कार्ययोजना नबनाइ उपभोक्ता समितिको निर्णय विना बिल नहुँदासमेत सडक निर्माण कार्यमा खर्च गरेको भनी नक्कली भुक्तानी गरेको देखिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया