प्यूठानमा बस दुर्घटना हुँदा ३ जना घाइते
भालुबाङ । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ४ बड्डाडा (दर्भानतर्फ)मा बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन् ।
बिहीबार साँझ दाङको भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१.००१ ज ०७६२ नम्बरको ईभी बस दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्यूठानको नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिबाङका ७६ वर्षीय दलबहादुर पुन र ८० वर्षीया हस्ती बुढा तथा दाङको घोराही उपमहानगरपालिका वडा नं. १ रामपुरका खेमराज खनाल घाइते भएका छन् ।
घाइते सबै यात्रुलाई उपचारका लागि बुटवल पठाइएको छ । ईभी बसमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ ।
Published : Thursday, 2026 April 2, 10:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया