नियमित चेकजाँचका लागि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं । अस्वस्थ्य भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
बिहीबार बिहान शाहलाई काठमाडौंको थापाथलीस्थित एक निजी अस्पतालमा भर्ना गरिएको निकटका सहयोगीहरूले जनाएका छन् । पूर्वयुवराज शाहलाई नियमित जाँचका लागि अस्पताल भर्ना गरिएको बुझिएको छ ।
पूर्वयुवराज शाह पछिल्लो समय शान्त अवस्थामा बस्दै आएका छन् । उनका विषयमा बेलाबेला विवादित समाचारहरू आउने गरे पनि त्यस्ता समाचार आउन छाडेका छन् ।
Published : Thursday, 2026 April 2, 11:35 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया