अख्तियारद्वारा रौतहत जिल्ला अदालतको घुस्याहा कर्मचारीलाई रंगेहात गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहलाई ५० हजार घुस/रिसवतको रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले सिंहलाई मंगलबार दिउँसो रौतहट जिल्ला अदालतको परिसरबाटै नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
सिंहले अदालतको फैसला बमोजिम जग्गा फुकुवा गराई दिए बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा सिंहलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
Published : Tuesday, 2026 March 31, 9:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया