सचिव पदमा जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको सचिव पदको जागिर खाएका राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले विशेष अदालत, काठमाडौंमा पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीको सचिवको योग्यता कानून विषयमा स्नातक गरेको हुनुपर्नेमा एमबीएस योग्यता भएका पोख्रेललाई नियुक्ति गरेकाले योग्यता नपुगेको नियुक्ति बदर गरी खाईपाई आएको सेवा सुविधा असुल उपर गरी पाउँ भन्ने उजुरी अख्तियारमा परेको थियो ।
उजुरीको आधारमा अनुसन्धानपछि अख्तियारले पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । झुटा शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर सार्वजनिक पदमा बसेका पोख्रेलले सेवा अवधिमा एक करोड सात लाख एक हजार ५८४ रुपियाँ हानी नोक्सानी पु¥याएको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया