अख्तियारको टोलीद्वारा प्रहरी वृत्त मालिगाउँमा कार्यरत सईलाई घुसको रकमसहित गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त, मालीगाउँ, काठमाडौंमा कार्यरत ३५ वर्षीय प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुस/रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस/रिसवतको रकम लिँदै गरेको अवस्थामा मंगलबार अख्तियारको टोलीले प्रहरी नायव निरीक्षक राउतलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सई राउतले घुस/रिसवतको रकम लिएको अवस्थामा गहनापोखरीस्थित ग्रिन स्टार क्याफेको कोठाबाट मंगलबार अपरान्ह ४ बजेर ५५ मिटनमा रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
राउतले बैंकिङ कसूरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएवापत र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेर दुःख दिएका थिए ।
सई राउतले सेवाग्राहीसँग घुस/रिसवत माग गरेर दुःख दिएको निवेदन परेपछि अख्तियारले विशेष टोली खटाएर घुस÷रिसवतको रकम २० हजारसति पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया