पूर्वमन्त्री खड्कालाई थुनामा राख्न अदालतबाट अनुमति
काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री खड्कालाई म्याद थप गर्न आइतबार साँझ काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो ।
खड्कालाई आइतबार बिहान बुढानिलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनका क्रममा खड्काको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया