राम नवमीले सद्भाव, संहिष्णुता र एकताको भावना बलियो बनाउनेछ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राम नवमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।
शुक्रबार अध्यक्ष गुरुङले राम नवमी पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
‘भगवान रामको जन्मदिनका रूपमा मनाइने यो पवित्र पर्वले हामी सबैलाई सत्य, धर्म र मर्यादाको बाटोमा अघि बढ्न प्रेरणा दिन्छ,’ अध्यक्ष गुरुङले भने ।
‘आजको दिनले आपसी सद्भाव, संहिष्णुता र एकताको भावना अझ बलियो बनाओस् भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘देशको विकास र समृद्धिका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक योगदान दिनुपर्नेछ । यो पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु ।’
Published : Friday, 2026 March 27, 10:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया