नागरिकलाई सुरक्षाकर्मी देख्दा भर महसुस हुने गरी काम गर्नुपर्छ : आईजीपी अर्याल
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालले नागरिकलाई सुरक्षाकर्मी देख्दा डर नभई भर महसुस हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा बोल्दै आईजीपी अर्यालले भने, ‘सुरक्षाकर्मी देख्दा नागरिकमा डर भन्दा पनि भरको महसुस हुनुपर्छ । हामीले यो सिद्धान्तअनुसार काम गर्नुपर्छ ।’
काठमाडौं उपत्यका राजधानी समेत भएका सुरक्षा हिसाबले निकै चुनौतीपूर्ण रहेको र पशुपतिनाथ बाहिनी मुख्यालले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अर्यालले बधाई दिएका छन् ।
‘भर्खरै सकिएको प्रतिनिधिसभा निर्वाचन, भीआईपी, भीभीआईपीको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा, बन्द, हड्डतालमा आम नागरिकको सुरक्षामा यस बाहिनीले महत्त्वपूर्ण योगदान गर्दै आएको छ,’ आईजीपी अर्यालले भने ।
परिणामुखी ढंगले जिम्मेवार भएर काम गर्न पनि उनले मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया