कांग्रेस नेता रिजालले देखाए उच्च नैतिकता, अबदेखि निर्वाचनमा प्रतिस्पर्धा नगर्ने
वीरगञ्ज । नेपाली कांग्रेसका नेता एवम् एवं पूर्वमन्त्री रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् ।
पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसबाट पटकपटक गरेर आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आफूले संसदीय निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
भर्खरै सम्पन्न भएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यसंग पराजित भएपछि उनले निर्वाचन नलडने घोषणा गरेका हुन् ।
उनले भने, ‘आजै म घोषणा गर्छु अब म चुनाव लड्दिनँ । युवा पुस्तालाई साथ र समर्थन रहन्छ । तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु ।’
२०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन् ।
२०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसदमा निर्वाचित भएका रिजालले २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा भएको निर्वाचनमा भने पराजय व्यहोरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया